चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवच: प्रदेश प्रमुख भट्ट
नवलपुर | असार २, २०८२
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।
एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोती ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल भू–भागको झण्डै १३ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा चुरे क्षेत्र रहेको छ ।’
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ क्रियाशील राष्ट्रिय गौरवको आयोजना बताउँदै उहाँले नेपाल सरकारले २०७१ साल असार २ गते यस क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन तथा यहाँ हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण र नियमन गर्ने उद्देश्यले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको बताउनुभयो ।

नेपालको अन्न भण्डार तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्र बचाउन अपरिहार्य रहेको भन्दै उहाँले चुरे दिवसका अवसरमा चुरेको संरक्षण र सम्बद्र्धनतर्फ अग्रसर रहन हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सरकारले चुरे संरक्षणको २० वर्षे गुरुयोजना समेत स्वीकृत गरी सोहि अनुरुप चुरे क्षेत्रदेखि तराई मधेशसम्मका सरोकारवाला सबै निकाय र समुदायको सहभागितामा संरक्षणका विभिन्न कामहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँको भनाई छ ।


नेपालको चुरे शृंखला हिमालय पर्वतमालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नदीसम्म तन्किएको छ । जैविक विविधता र दुर्लभ बन्यजन्तुको वासस्थान रहेको चुरे क्षेत्र भौगर्भिकरूपमा भने कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण लगायतका कारण यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ ।





चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

